‘कपिल शर्मा शो’मा नयाँ कलाकार

एजेन्सी । २०२१ को सुरुमा रोकिएको ‘कपिल शर्मा शो’ चाँडै प्रसारण हुने भएको छ । उक्त कार्यक्रममा सपनाको भूमिका खेल्ने कृष्णा अभिषेकले सामाजिक सञ्जालमा यसको सङ्केत दिएकी छन् ।

कार्यक्रमको पहिलो एपिसोडको सानो भिडिओ किस्सा सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘हाम्रो पहिलो एपिसोड । धेरै उत्साहित र नर्भस पनि थिए । फेरि सुरु गर्न धेरै प्रतीक्षा गर्ने धीरता छैन । हामी छिट्टै आउँदैछौं।’

 

View this post on Instagram

 

A post shared by Krushna Abhishek (@krushna30)

यस वर्षको मार्चमा कपिल शर्माले आफ्नो टिममा केही नयाँ प्रतिभा थप्न चाहेको बताएका थिए । हाल शोको स्टारकास्टमा किकु शारदा, भारती सिंह, सुमोना चक्रवर्ती, चन्दन प्रभाकर र अर्चना पूरण सिंह कपिल र कृष्णा लगायत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *