हट्टीनट्टीको संयोजकत्वमा तेस्रो लिङ्गीलाई राहत वितरण

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरको निषेधाज्ञा निरन्तर चलिरहेको छ । निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरेको, मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाएकाले उपत्यकामा बसोबास गर्दै आएका ३० जना तेस्रो लिङ्गीहरूलाई खाद्यान्न लगायतका अति आवश्यक सामग्री वितरण गरिएको छ ।

हट्टी नट्टी अनुपम नामले परिचित अनुपम श्रेष्ठको संयोजकत्वमा चलचित्र निर्देशक समुन्द्र भट्ट, फेशन डिजाइनर इन्ता श्रेष्ठ र गुणराज दाहालको सहकार्यमा समस्यामा परेका तेस्रो लिङ्गीहरूलाई सहयोग गरिएको निर्देशक समुन्द्र भट्ट बताउँछिन् ।

समाजमा समेत अपहेलित भएका तेस्रो लिङ्गीहरूको समस्यालाई बुझेर यस विषम परिस्थितिमा आफूहरूले थोरै भए पनि राहत सहयोग गरेको निर्देशक भट्ट बताउँछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *