खाद्य बैंकको प्रवर्द्धक शेयरमा अत्याधिक प्रतिवद्धता

काठमाडाैं । राष्ट्रिय खाद्य बैकले प्रवर्द्धक शेयरमा मागभन्दा बढी प्रतिवद्धता आएपछि शेयर बिक्रि असार मसान्तबाट बन्द गर्ने भएकाे छ । २ अर्ब लगानी गर्नेगरी स्थापना भएको बैंकले लगभग आवश्यक पूँजीको निश्चितता भएकोले शेयर बिक्रि असार मसान्तबाट बन्द गर्ने  निर्णय गरेको हो ।

अब असार महिनाभरी मात्रै बैकको प्रवर्द्धक शेयर सदस्य बन्न सकिने बैकका अध्यक्ष शंकर उप्रेतीले बताए । ‘असार मसान्तसम्म इच्छुक हुनेहरु बैकसमक्ष आउन अनुरोध छ । सो पश्चात शेयर खरिद गर्न नपाउनु हुनेहरुले दूई बर्षपछी आइपिओ भर्न पाउने छन् । हामी त्यहि ढंगले काम गर्दैछौ’ उनले भने ।

‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ स्थापित बैंकले पोखरा, बाँके-बर्दिया र झापा-मोरङमा बृहत कृषि परियोजना सुरु गरिसकेको छ । स्थानीय कृषकहरुको सहभागितामा ती प्रोजेक्टहरु अघि बढाइएको अध्यक्ष उप्रेतीले बताए । पहिलो चरणमा ती स्थानहरुमा स्थानीय जातका उन्नत धान रोप्ने काम भइरहेको उप्रेतीले  जानकारी दिए ।

झापा-मोरङमा करिव ५०० विघा र बाँके–बर्दिया–कास्की जिल्लामा झण्डै ४०० विघा जग्गा गरी झण्डै ९ सय विघा जग्गामा खाद्य बैंकले स्थानीयहरु सहितको सहभागितामा धान रोप्ने काम अघि बढाएको र अन्य जिल्लाहरुमा पनि जग्गा लिजमा लिने कामहरु भइरहेको अध्यक्ष उप्रेतीले जनाए ।

कोभिड १९ को कारण बैंकको गतिविधिमा ब्यापक संकुचन आएको बताउँदै अध्यक्ष उप्रेतीले भने–‘कोरोनाको दोश्रो लहर नआएको भए हामीले करिव २३ जिल्लामा खेतीपाती गर्ने तयारी थियो । कोरोनाले लक्ष्यमा ब्रेक गर्यो’ ।

अध्यक्ष उप्रेतीका अनुसार यी परियोजनाहरु पाइलट प्रोजेक्टको रुपमा अघि बढाइनेछ । उनी भन्छन् ‘हामी आफैले उत्पादनको काम अघि मात्रै बढाउँदैनौ, किसानलाई पनि आधुनिक एवं व्यवस्थीत खेती प्रणालीमा समाहीत गर्दै लैजान्छौ । साथै हाम्रै उत्पादन प्रणाली, मल–बिउ प्रयोग गरेर गुणस्तरीय उत्पादन गर्ने कृषिकहरुका सबै उत्पादनहरु यसै बर्षबाट हामी खरिद पनि गछौ । ब्राडिङ गरेर यसै बर्षबाट त्यस्ता खाद्य वस्तु बजारमा ल्याँउछौ’ ।

राष्टिय खाद्य बैङ्कमा हालसम्म ५ सय ९० प्रबर्द्धक शेयर सदस्य छन् । आवश्यक मापदण्ड पूरा गरी बैक छिट्टै सर्वसाधारणका लागि आइपिओमा जाने तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *