भारतीय कलाकार ‘बडी बिजी’ को निधन

एजेन्सी । चर्चित भारतीय टेलिभिजन सिरियल ‘एक हजारौँ मे मेरी बहना है’ मा ‘बडी बिजी’ को भूमिका खेलेकी वरिष्ठ अभिनेत्री तारला जोशीको निधन भएको छ । शोमा तारलाकी को-स्टार रहेकी निया शर्माले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै उनको मृत्युको बारेमा जानकारी दिएकी हुन् ।

उनको मृत्युको खबर सार्वजनिक हुनासाथ

टेलिभिजन उद्योगमा शोकको लहर छाएको छ । धेरै कलाकार र उनका प्रशंसकहरूले उनलाई श्रद्धाञ्जली अर्पण गर्दैछन् । निया शर्माले उनीसँगका तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् , ‘हार्दिक श्रद्धाञ्जली बडी बिजी । हामी तपाईंलाई सदैव याद गर्नेछौँ । तरला जी‚ तपाईं सधैँ हाम्रो ‘बडी बिजी’ रहनु हुनेछ ।’ निया शर्मा उक्त सिरियलमा ‘मानवी’ को भूमिका निभाउथिइन् ।

साराभाई बनाम साराभाई र बन्दिनीजस्ता धेरै टिभी कार्यक्रममा उनको भूमिकाका लागि लोकप्रिय तारला जोशीले शनिबार अन्तिम सास लिएकी हुन् । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

क्रिस्टल डिसूजाको श्रद्धाञ्जली
‘एक हजार मे मेरी बहना है’ कार्यक्रममा निया शर्माकी दिदी अर्थात् जीविकाको भूमिका खेलेकी अभिनेत्री क्रिस्टल डिसूजाले पनि तारलाको मृत्युमा शोक व्यक्त गरेकी छन् ।

क्रिस्टलले तरला जोशीसँग उनको छायाङ्कनको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘हामी तपाईँ ‘बडी बिजी’ लाई सधैँ याद गर्नेछौँ । आत्मालाई शान्ति मिलोस् । तपाई सदैव ‘बडी बिजी’ हुनुहुनेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *