जानुस् विद्यालयमा भट्टी खोल्नुस् : ईन्द्रबहादुर आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकार गुमनाम भएको आरोप लगाए । १५ दिनअगाडि नै बजेटको प्राथमिकता र सिद्धान्तको बारेमा छलफल गर्नुपर्ने काननी व्यवस्था भएकाले अध्यादेश मार्फत् समय छोट्याइएकोमा आपत्ति जनाए । कोभिडमा कतै पनि सरकारको उपस्थिती देखिएको छैन, नागरिकले महसुस गर्ने खालको काम कहिँ कतै नभएको उनले आरोप लगाए ।
प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै आङ्बोले सामाजिक विकास मन्त्रालयले कुनैपनि काम कोभिड नियन्त्रणमा नगरे तर रक्सीको ब्रान्डिङ गर्ने भन्दै कार्यदल बनाईएकोमा आलोचना गरे ।
‘कोभिडको कारण नागरिकको उपचारको अभाव छ, अक्सिजनको अभाव छ, परीक्षणको अभाव छ, तर हाम्रो सामाजिक विकास मन्त्रालय रक्सी कार्यदल बनाएर बसेको छ,’ उनले भने, ‘कुन अधिकारमा सामाजिक विकास मन्त्रालयलाई रक्सी कार्यदल बनाउने भनिएको छ ?’ शिक्षा, स्वास्थ्य, रोजगार निर्माणमा काम गर्नुपर्ने मन्त्रालयले रक्सीको कार्यदल बनाउँदै हिँड्नु गलत भएको बताए ।
‘जानुस् मन्त्री ज्यू सबै विद्यालयमा गएर रक्सी भट्टी खोल्नुस् ? मान्छेलाई रक्सी खान सिकाउनुस् । उनले भने, ‘मानिसलाई रक्सी खाँदै लड्न सिकाउनुस् ।’
अस्पताललाई नियमन नियन्त्रण गर्ने, कोभिड संक्रमितको उपचार गर्नुपर्नेमा रक्सीको कार्यदल बनाए मलामीमा भोज खाएजस्तै गरी रमाएर मन्त्री बसेको आरोप आङ्बोले लगाए ।









एक दम जायज कुरा गर्नू भयो