नयाँ एल्बम सार्वजनिक गर्दै हिमेश

नयाँ दिल्ली । हिमेश रेशमिया आफ्नो नयाँ एल्बम ‘सुरुर २०२१’ रिलिजको तयारीमा छन् ।

उनले यसको पहिलो टिजर पोस्टर सार्वजनिक गरेका छन् । जसमा उनको आइकोनिक क्याप र माइक देखाइएको छ ।

एल्बमको फर्स्ट लुक र पहिलो गीत छिट्टै रिलिज गर्ने उनको तयारी छ ।

‘आपका सुरूर’ हिमेश रेशमियाको पहिलो स्टुडियो एल्बम थियो, जुन २००७ मा रिलिज भएको थियो । उक्त समयमा एल्बमको ५५ मिलियन प्रति बिक्री भयो थियो । यो एल्बम माइकल ज्याक्सनको एल्बम थ्रिलरको पछाडि दोस्रो पटक सबैभन्दा बढी प्रति बिक्री भएको एल्बम थियो । माइकल ज्याक्सनको एल्बम ६५ मिलियन प्रति बिक्री भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *