खाना लिएर सडकमा निस्किए सनी दम्पती

एजेन्सी । अभिनेत्री सनी लियोनी र उनका पति डेनियल वेबरले आइतबारको दिन परोपकारी कामका लागि प्रयोग गरे । सनी दम्पती एउटा ट्रक भाडामा लिएर मुम्बईका सडकहरूमा गए ।

भोकले सताइएका व्यक्तिहरूलाई खाना पुर्‍याए । उक्त समयका केही फोटोहरू सामाजिक सञ्जालमा आएका छन् । ठूलो सङ्ख्यामा मानिसहरूलाई सनी र डेनियलले खाना खुवाए ।

खानामा दाल, चामल, खिचडी र फलहरू वितरण गरिएको थियो । एक एनजीओसँग मिलेर दिल्लीमा १०,००० प्रवासी मजदुरहरूको लागि खानाको व्यवस्था गरेपछि सनीको अझै चर्चा बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *