प्रदेश २

जसपा संसदीय दलको नेतामा राउत चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं. २ को संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । प्रदेश २ का मुख्यमन्त्रीसमेत रहेका राउतलाई आइतबार पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बसेको विशेष बैठकले संसदीय दलको नेतामा चयन गरेको एक नेताले मकालु खबरलाई बताए ।

प्रदेशमा तत्कालीन राजपा र सपाबीच एकीकरण भएपछि पनि आ—आफ्नै संसदीय दलको नेता थिए । कतिपय नेताहरुले राजपा र सपाबीच पार्टी समायोजन नै नभएको बताउँदै आएका थिए । तर, अहिले पार्टी दुई फ्याक भइरहेको अवस्थामा तत्कालीन समाजवादी पार्टीका नेता राउतलाई संसदीय दलको नेता बनाइएको हो ।

१०४ सदस्यीय प्रदेश सभामा जसपाका कूल ५५ सांसद छन् । जसमा तत्कालीन सपाका ३० सांसद छन् भने राजपाका २५ सांसद छन् । २५ जनामा पनि ६ जना पूर्वराजपा सांसदहरुले राउतलाई समर्थन गरेको ती नेताले दाबी गरेका छन् । भने— ‘६ जना उताका साथीहरुलेसमेत उहाँलाई समर्थन गर्नुभएको छ ।’

यसअघि अध्यक्ष यादव र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटघाट भएको थियो । जसमा प्रदेश २ को मुख्यमन्त्रीमा कांग्रेसलाई अघि सार्न प्रस्ताव निधिले गरेका थिए । यता केन्द्रमा अर्का अध्यक्ष महन्थ ठाकुरपक्षीय जसपा केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको छ । यसपछि राउत संसदीय दलका नेता बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *