औषधि व्यवसायीमाथि गोली प्रहार

काठमाडौँ । सिरहाको मिर्चैयामा एक व्यवसायीमाथि गोली प्रहार भएको छ । गएराति अज्ञात समूहले गोली प्रहार गर्दा मिर्चैया नगरपालिका-६ बस्ने सिद्धि मेडिकल हलका सञ्चालक रामसागर साफी घाइते भएका हुन् ।

मिर्चैया नगरपालिकास्थित मिर्चैया थाना चोकमा उनीमाथि शनिबार राति करिब साढे ८ बजे अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाइते व्यवसायी साफीको तिघ्रा र खुट्टामा गोली लागेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्माका अनुसार घाइते साफीको मंगलम अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको र गोली प्रहारमा संलग्न रहेको अशंकामा तीन जनालाई पक्राउ गरिएको डिएसपी शर्माले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *