इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोलको प्रतिलिटर १२५

काठमाडाैँ । नेपाल आयल निगमले आजदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

चारै पदार्थमा साविकको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । मूल्य बढेपछि आजदेखि पेट्रोल १२५, डिजेल १०८ र मट्टीतेल प्रतिलिटर ८० रूपैयाँ पुगेको छ ।

शनिबारसम्म पेट्रोलको मूल्य १२३, डिजेलको १०६ र मट्टितेलको ७८ रूपैयाँ प्रतिलिटर थियो । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 13 =