कर्णराज र सोनामको यात्रा ‘लाइभ शो’तिर सोझियो

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल ३’को नकआउट चरण हिजो शुक्रवारदेखि सुरु भएको छ । कार्यक्रममा टिम तृष्णा र टिम राजुबाट ३–३ जना प्रतिस्पर्धीले गीत प्रस्तुत गरेका थिए । नकआउट चरणको पहिलो कार्यक्रममा टिम तृष्णाबाट कर्णराज गिरी लाइभ शोमा प्रवेश गरेका छन् भने टिम राजुबाट सोनाम शेर्पा लाइभ शोमा प्रवेश गरेका छन् ।

आउँदो शुक्रवार प्रसारण हुने शोमा टिम प्रमोद र टिम दीपका ३–३ जना प्रतिस्पर्धीले लाइभ शोका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कोरोना सङ्क्रमणका कारण दुई साता रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’को प्रसारण शुक्रवारदेखि सुरु भएको हो । शोका कोच दीप श्रेष्ठ, प्रमोद खरेल र तृष्णा गुरुङलाई कोरोना सङ्क्रमण समेत भएकोले शो प्रभावित भएको थियो ।

तृष्णा र प्रमोद कोरोनामुक्त भएका छन् भने कोच दीप अझै पनि अस्पतालमा रहेर उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *