मंगोलियन हार्टका सँस्थापक सदस्य गुरुङको निधन

काठमाडौँ– सङ्गीतकर्मी वसन्त गुरुङको निधन भएको छ । उनकाे पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । गितार र किबाेर्ड बादक गुरुङ  साङ्गीतिक समूह मंगोलियन हार्टका सँस्थापक मध्येका एक सङ्गीतकर्मी थिए ।  उनी पोखरामा रहेको दोभान दोहोरी साँ झका सञ्चालन गर्थे ।

मंगोलियन हार्टका गायक राजु लामाले फेसबुकमा दिवङ्गत गुरुङलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

लामाले गुरुङको असामयिक निधनको खबरले सम्पूर्ण मंगोलियन हार्ट परिवार मर्माहत र स्तब्ध भएकाे र उनले मंगोलियन हार्टलाई अगाडि बढाउन उनले दिएको योगदान कहिल्यै नभुल्ने उल्लेख गर्दै मृतात्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारलाई समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *