विद्या बालनको ‘सेरनी’ ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेत्री विद्या बालन अभिनित चलचित्र  ‘सेरनी’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २६ सेकेन्ड लामो ट्रेलरमा एक आदम खोर बाघ खोज्ने साहसी महिला अफिसरको भूमिकामा विद्यालाई प्रस्तुत गरिएको छ ।

कोरोना महामारीका कारण फिल्म हल खुल्ने टुङ्गो नलागेपछि निर्माण टिमले चलचित्र ओटीटीमा रिलिज गर्न लागेको हो ।

अमित मासुरकर निर्देशित फिल्ममा भूषण कुमार, कृष्ण कुमार, विक्रम मल्होत्रा र अमित मासुरकरको लगानी रहेको छ । जुन १८ मा रिलिज हुने फिल्मको कथा तथा संवाद आस्था टिकुले तयार पारेकी हुन् । चलचित्रमा विद्याका अलावा शरद सक्सेना, मुकुल चढ्ढा, विजय राज, इला अरुण, ब्रजेन्द्र काला र नीरज काबीको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *