प्राविधिक सहयोगका लागि रवि र निकिता फिल्डमा

काठमाडौं । समस्यामा परेका चलचित्र प्राविधिकहरूलाई सहयोग जुट्ने क्रम बढेको छ । कसैले आर्थिक सहयोग गरेका छन् भने कसैले चलचित्र प्राविधिक संघसँग सहकार्य गरेर प्राविधिकहरूलाई खाद्यान्न बाँडेका छन् ।

यस क्रममा चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष तथा चलचित्र निर्माता निकिता पौडेल र उनका श्रीमान् सञ्चारकर्मी रवि लामिछानेले कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरूलाई खाद्यान्न सहयोग गरेका छन् । बिहीबार निकिताले आफ्नै उपस्थितिमा १८ जना प्राविधिकलाई खाद्यान्न हस्तान्तरण गरिन् ।

उनले प्राविधिकहरूलाई सबैले सकेको सहयोग गर्न पनि आग्रह गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *