विपक्षी एमालेको केन्द्रीय कमिटी बैठक जारी, राय राख्दै नेताहरु

काठमाडौं । विपक्षी एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहीबारदेखि शुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठक भर्च्यूअल्ली रुपमा ११ बजेबाट शुरु भएको छ । यसअघि हिजोको बैठकमा संस्थापन पक्षसँग भएको वार्ता प्रगतिबारे छलफल भएको थियो । जसमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराईलगायतले बालुवाटारले अल्मल्याउन मात्रै खोजेको ब्रिफिङ्ग गरेका थिए ।

बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिने नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । ‘पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्नेगरी बैठक चलिरहेको छ,’ शाक्यले भनिन् ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई अधिकांश नेताहरुले छिट्टो निर्णयमा पुग्नुपर्ने सुझाव दिँदै आएका छन् । यसअघि हिजो मात्रै पनि नेपालनिकट १७ जनसंगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै ओलीले सर्त पूरा नगरे अलग पार्टी बनाउने घोषणा गरेका छन् ।

यस्तै यता जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले पनि ओलीको भर पर्दा आफूहरु घर न घाटको भएको बताउँदै चाँडो निर्णयमा पुग्नुपर्ने बताएका छन् । ओलीले जालमा नफस्न आग्रह गर्दै उनीहरुले भनेका छन्— ‘आफ्नो बाटो तय गरौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *