प्रेम विवाह गरेका बलिउड सेलिब्रेटी जोडी यसरी छुटे

एजेन्सी । ग्ल्यामर दुनियाँमा जुन रफ्तारमा विवाह हुन्छ, सम्बन्धमा दूरी पनि त्यही रफ्तारमा आएको देखिन्छ । मङ्गलबारमात्रै चर्चित जोडी करण मेहरा र निशा रावलको वैवाहिक सम्बन्धमा दरार आएको खबर सार्वजनिक भएको छ । ‘कपल गोल्स’का लागि आइडल मानिने यो जोडीको यसरी दरार आउला, सम्बन्ध विच्छेद हुँदै प्रहरीसम्म कुरा पुग्ला, यो कसैले सोचेकै थिएन । यी दुईले प्रेम विवाह गरेका थिए । करणले निशालाई विवाहको लागि फिल्मी तवरले विवाहका लागि प्रस्ताव गरेका थिए । तर अहिले सम्बन्ध अन्त्य हुने लाग्दा यी दुई एक अर्कालाई आरोप लगाउनमा व्यस्त छन् ।

बलिउडमा कसैको प्रेम विवाह टुटेको यो नै पहिलो पटक भने होइन । यसभन्दा पहिला पनि धेरै जोडी छन्‚ जसको एकअर्काप्रति अधिक प्रेम थियो । तर अहिले एक अर्काको लागि घृणामात्रै बचेको छ । विवाह अन्त्य गर्दै गर्दा मिलेको भनिएका जोडीले एक अर्कालाई धेरै आरोप लगाए । कसैले बच्चाको विषयलाई लिएर झगडा गरे भने कसैले सम्पत्तिलाई लिएर । आज हामी धेरै माया भएर नराम्रोसँग टुटेका जोडीहरूको विषयमा चर्चा गर्दैछौँ ।

श्वेता तिवारी

श्वेता तिवारीले दुई पटक विवाह गरिन् । तर दुवै विवाह सफल हुन सकेनन् । पहिलो श्रीमान् राजा चौधरीका कारण उनले पटक पटक प्रहरी चौकीको चक्कर लगाउन पर्‍यो । त्यस्तै भयो दोस्रो पति अभिनव कोहलीसँग पनि । विवादमा श्वेतालाई नै सान्त्वना मिल्यो । अहिले श्वेता र अभिनवबीच छोराको हेरचाहको विषयलाई लिएर विवाद चलिरहेको छ ।

जुही परमार र सचिन स्रफ

जुही र सचिनको जोडी धेरै दर्शकले मन पराएको जोडी हो । ५ वर्षसम्म सम्बन्धमा रहेर उनीहरूले सन् २००९ मा विवाह गरेका थिए । यी दुईका एक छोरी समायरा छिन् । विवाहको नौ वर्षमा उनीहरूको सम्बन्ध टुङ्गियो । सम्बन्ध विच्छेदका लागि दुवैले एक अर्कालाई जिम्मेवार माने । सचिनले त बिनामायाको विवाहसम्म भन्न भ्याए ।

दलजित कौर र शालीन भनोट

पाँच वर्ष एक साथ रहेपछि टेलिभिजनको यो जोडीले आफ्नो सम्बन्ध अन्त्य गरे । यो विवाहबाट यी दुईको एक सन्तानसमेत छन् । यी दुईको प्रेमिल सम्बन्धलाई सबैले मन पराएका थिए । तर सम्बन्ध अन्त्यको समयमा शालीनले गरेको व्यवहार र गाली गलौचलाई लिएर दलजितले पुलिस केससम्म गर्नुपर्‍यो ।

रश्मी देसाई र नन्दिस सन्धु :

रश्मि देसाई र नन्दिस सन्धुको सिरियल ‘उतरन’मा भेट भएको थियो । यी दुईले हल्ला नगरी विवाह गरे । सम्बन्ध बचाउन दुवैले धेरै प्रयास गरे । तर अन्तमा सम्बन्ध विच्छेद नै भयो । उनीहरूको सम्बन्ध अन्त्य भएसँगै विभिन्न कारणहरू सार्वजनिक भए । यसको मुख्य कारण रश्मिको आशक्तिपनलाई मानिएको थियो । वास्तविकता त यी दुईलाई नै थाहा होला ।

करण ग्रोवर र जेनिफर विंगेट

टेलिभिजनमा मन पराइएका करण सिंह ग्रोवरले तीन जनासँग विवाह गरे । पहिलो विवाह श्रद्धा निगम र त्यसपछि जेनिफर विंगेटसँगको विवाह प्रेम विवाह थियो । तर दुवैसँग छिट्टै सम्बन्ध टुङ्गियो । अहिले उनले विपाशा बसुसँग विवाह गरेका छन् । अहिलेको विवाहमा उनी दङ्ग छन् ।

विवियन डिसेना र वाहबिज

टेलिभिजन शोको सेटमा भेटिएका र बिस्तारै प्रेममा परेका यी दुईको जोडीलाई धेरैले मन पराएका थिए । सन् २०१३ मा विवाह गरेका यी दुई ३ वर्षमै छुटिए । सम्बन्ध विच्छेदको समयमा यी दुईको सम्पत्तिलाई लिएर लामै समयसम्म विवाद भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *