बढ्याे सुनचाँदीकाे मूल्य
२०७८ जेठ २० गते

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार हुने भएको छ । बुधबार सुन ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । चाँदी आज १ हजार ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
२०७८ जेठ २० गते
प्रतिक्रिया
सम्बन्धित








