तेलुगु चलचित्रबाट डेब्यु गर्दै श्रीदेवीकी छोरी खुसी

एजेन्सी । अभिनेत्री श्रीदेवी र बोनी कपुरकी कान्छी छोरी खुसी कपुरले अभिनयमा डेब्यु गर्ने भएकी छन् । खुसीले तेलुगु चलचित्रबाट अभिनय यात्रा सुरु गर्न लागेकी हुन् ।

निर्माता दिल राजुको तेलुगु चलचित्रबाट खुसी अभिनयमा डेब्यु गर्दैछिन् । खुसीले अभिनयमा देखाएको इच्छाकै कारण दिलले उनलाई चलचित्रमा लिन लागेका हुन् । दिल राजुको खुसीको बुबा बोनीसँग राम्रो सम्बन्ध भएको कारण पनि खुसीलाई डेब्यु गराउन लागेको भारतीय सञ्चार माध्यमको दाबी छ ।

उनले आमाको जस्तै अभिनय गर्ने निर्माण पक्षको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *