रोपाइँको रौनक (तस्बिरहरू)

काठमाडौं । ‘सानो छ खेत सानो छ बारी सानै छ जहान । नगरी काम पुग्दैन खान साँझ र बिहान ॥’

कवि दैवज्ञराज न्यौपानेले भनेजस्तै किसान यतिबेला साँझ बिहान नभनि खेतीमा खटिएका छन् । ‘मानो खाएर मुरी उब्जाउने’ समय भनिने धान रोपाइँको समय धेरैतिर शुरु भइसकेको छ ।

काभ्रेको मन्डन देउपुर र पनौती नगरपालिका क्षेत्रमा पनि धमाधम धान रोपाइँ भइरहेको छ । केही दिनअघि आएको वर्षाले गर्दा किसानलाई रोपाइँका लागि अझ सहज भएको छ । कोरोना महामारीमा गरिएको निषेधाज्ञाका बीच शहरी क्षेत्र बन्द भएपनि गाउँमा रोपाइँको रौनक छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *