नेप्से ११ अंकले घट्यो, साढे ८ अर्बकाे काराेबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार ११.६८ अंकले घटेको छ ।

मंगलबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.४२ प्रतिशतले घटेर ४९६.८६ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ३.६९ अकंले घटेर २७७१. १५ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये विकास बैंकको बैंकिङका, जीवन बीमा, अन्यका सूचक बढेको छ भने म्युचुअल फण्ड, लघुवित्त, निर्जीवन बीमा, जलविद्युत्, होटेल्स तथा पर्यटन, व्यापार, उत्पादन तथा प्रशोधन, इन्भेस्टमेन्ट वित्त समूहको सबै परिसूचक घटेका छन् ।

मगंलबार २ सय १६ कम्पनीको १ करोड ९७ लाख ८३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कालिका पावर कम्पनी लिमिटेड बजारमा सर्वाधिक कमाइ गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा लुम्बिनी विकास बैंक रहेको छ ।

कालिका पावर कम्पनी लिमिटेड कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । भने लुम्बिनी विकास बैंकको सेयर मूल्य ८ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *