सिजीले सुरु गर्‍यो द्रुत गतिको इन्टरनेट सेवा, जडान र तार निःशुल्क

काठमाडौं । सिजी कम्युनिकेसनले इन्टरनेट सेवा प्रवाह सुरु गरेको छ । चौधरी ग्रुप (सिजी) अन्तर्गतको सिजी कम्युनिकेसनले द्रुत गतिको इन्टरनेट सेवा सस्तो मूल्यमा उपलब्ध गराउने जनाएको छ । ‘सिजी नेट’ ब्रान्डमा सिजीले इन्टरनेट सेवा सुरु गरेको हो ।

सेवा सुरुको अवसरमा कम्पनीले १२० एमबीपीएसको इन्टरनेट कनेक्सनको मासिक ९९९ रुपैयाँमा दिने योजना ल्याएको छ । त्यस्तै, ३, ६ र १२ महिनाका लागि प्याकेज सेवा योजनाहरु सार्वजनिक गरेको छ ।

सिजी नेट जडान गर्दा सुरुमा जडान शुल्क तथा तारको पैसा नलिने अर्थात् निःशुल्क गरेको जनाएको छ । हाललाई काठमाडौं उपत्यकाबाट सुरु भएको सिजीनेटको सेवा विस्तार उपत्यका बाहिर पनि विस्तार गर्दै लान जनाएको छ ।

ललितपुरको कुमारीपाटी, जावलाखेल र इमाडोलमा सर्भिस सेन्टर रहेको र कम्पनीमा सिधै वा सेवा केन्द्रबाट जडान सम्बन्धी जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =