एनएमबि बैंकद्वारा नेपालमै पहिलोपटक जारी गरिएको ऊर्जा ऋणपत्रमा आकर्षण

काठमाडौं । एनएमबी बैंकद्वारा नेपालमै पहिलो पटक ऊर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्यधिक आवेदन परेको छ ।

उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आइतबारदेखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्य दिनभित्रै अत्यधिक आवेदनको कारणले बिक्री बन्द गरिएको बैंकले जनाएको छ ।

एनएमबी बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र बिक्री खुला गरेको थियोे ।

यस ऋणपत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय ऊर्जा आयोजनाहरूमा लगानीको लागि उपयोग गरिने पनि बैंकले जनाएको छ । हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत परियोजनाहरु लगायत नवीकरणीय उर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६५ भन्दा बढी रकमको प्रतिबद्धता गरिसकेको छ ।

उपर्युक्त ऋणपत्र वास्तविक अर्थव्यवस्थाको समग्र विकासको लागि दिगो टेवा पुर्‍याउने प्रतिबद्धताअनुरुप उत्तरदायी भूमिका निर्वाह गर्दै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ खुल्ला गरिएको बैंकले जनाएको छ ।

बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 19 =