सुनको मूल्य बढ्यो, तोलामा कति ?
२०७८ जेठ १८ गते

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ । सोमबार सुन ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १ हजार ७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
२०७८ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








