गुराँस लाइफद्वारा १४ वर्षमा १० अर्बभन्दा बढिको जीवन बीमा कोष

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालन अवधिको १४ वर्षको अवधीमा १० अर्बभन्दा बढीको जीवन बीमा कोष बनाउन सफल भएको जनाएको छ ।

एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भएको कम्पनीले बताएको छ ।

यस इन्स्योरेन्स कम्पनीले १३ वर्ष पूरा गरी १४ औं वर्ष प्रवेश गरेको अवसरमा ‘बीमा पनि बचत पनि, कम बीममा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको जनाएको छ ।

कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो । वार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम प्रतिफल दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *