धनुषामा पुनः एक साता निषेधाज्ञा थप

जनकपुरधाम । धनुषामा जारी निषेधाज्ञा २४ गतेसम्मका लागि लम्ब्याइएको छ । वैशाख २१ देखि जारी निषेधाज्ञा चौथो पटक एक साताका लागि थप गर्दै जेठ २४ सम्म लम्ब्याइएको हो ।

सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जनाए । कोरोना संक्रमित बढ्ने क्रम नरोकिएपछि जिल्लाभर जारी निषेधाज्ञा चौथो पटक एक साताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलले बताए ।

पहिलो पटक वैशाख २१ देखि ३१ सम्मका लागि जारी निषेधाज्ञा दोस्रोपटक जेठ १० सम्म र तेस्रोपटक जेठ १७ गते राति १२ बजेसम्मको लागि थप गरिएको थियो ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =