आमा नभएर म गरिब छु : कलाकार सापकोटा

काठमाडौँ । नेपालमा प्रविधिको विकास भएको खासै लामो समय भएको छैन । धेरै मानिसहरूले आमाबाबुको याद गर्न, सम्झिन नागरिकताको फोटो एक मात्र विकल्पको रूपमा पाएका छन् ।

यिनैमध्ये कलाकार भोला राज सापकोटा पनि पर्छन् । उनले आजको दिनमा आमालाई सम्झिएर नागरिकताको फोटो ‘क्रप’ गरेर सामाजिक सञ्जालमा राखेका छन् । उनले सार्वजनिक गरेको तस्बिरमा मार्मिक लाइन लेखिएको छ । तस्बिरमा उनी लेख्छन् :-

म त्यति बेलासम्म धनी थिए, धन भएर होइन, आमा भएर
म यति बेला गरिब छु, धन नभएर होइन, आमा नभएर ।

सानै उमेरमा आमा गुमाएका भोलाका लागि उनकी आमा स्मृतिमा मात्रै छिन् । आमा बिना उनी खाली-खाली, रित्तो-रित्तो छन् । नाटकमार्फत अभिनय यात्रा सुरु गरेका उनले सानो संसार चलचित्र मार्फत फिल्म क्षेत्रमा प्रवेश गरे । उनले भारतीय चलचित्रमा समेत काम गरेका छन् । उनको थिएटर यात्रा निरन्तर चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *