एमाले स्थायी कमिटी बैठक फेरि सर्यो
२०७८ जेठ १७ गते

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि सरेको छ । बिहान १० बजे बस्ने गरी बोलाइएको बैठक भोलि बिहान ११ सम्मका लागि स्थगित गरिएको हो ।
नेता सुवास नेम्वाङका अनुसार आज लुम्बिनीमा हुन लागेको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएको हो । यसअघि आइतबार बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिममा तयारी नपुगेको भन्दै सारिएको थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णयविरुद्ध उभिएका नेपाल समूहका १२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए । उनीहरुले जवाफ नपठाएपछि थप कारबाही थाल्ने तयारी छ ।
यो पनि : एमाले स्थायी कमिटी बैठक, हुनसक्छ यी १२ नेतामाथि कारबाही
२०७८ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित








