टेली मेडिसिन सेन्टरको शुभारम्भ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स तथा नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड-१९ संचालनमा आएको छ ।

हाल नयँ भेरियन्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं’ भन्ने अभियानमा चेम्बर तथा चिकित्सक संघको संयुक्त पहलमा टेलिमेडिसिन सेन्टर सञ्चालन भएको हो ।

यस सेन्टरलाई नेपाल चेम्बर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष मल्लसहित नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीद्वारा संयुक्त रुपमा उक्त केन्द्रको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित भएका व्यक्तिहरुले विदेश तथा नेपालका सबै क्षेत्रबाट यस केन्द्रमार्फत अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुँदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने आफूले विश्वास लिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =