सुन्दरलाल बहुगुणा : एक अनुकरणीय व्यक्ति‚ जो सधैंका लागि अस्ताए

सुन्दर लाल बहुगुणा आफूसँगै सामाजिक संघर्षको एक विस्तृत शिलशिला छाडेर सधैंका लागि संसारबाट बिदा भएका छन् । यो जगतले सुन्दरलाल बहुगुणालाई चिपको आन्दोलनको कारण चिन्छ । तर यो आन्दोलन उनको सामाजिक जीवनको थुप्रै आन्दोलनमध्ये एक थियो । सुन्दरलाल बहुगुणाको सामाजिक राजनीतिक जीवन १९४२ को स्वतन्त्रता संग्रामको समय नै सुरु भएको थियो ।

महात्मा गान्धीबाट प्रभावित भएर उनी कांग्रेसको आन्दोलनमा सहभागी भएका थिए । गान्धीवादी विचारमा उनको आस्था जीवनको अन्तिम क्षणसम्म पनि रहेको थियो । सुन्दरलाल बहुगुणा टिहरीमा श्रीदेव सुमनसँग राजनीतिक रुपमा सक्रिय थिए । सुमनको ८४ दिनको भोक हड्तालपछि १९४४ मा मृत्यु भयो । त्यसपछि टिहरी कांग्रेसको जिल्ला सचिवको रुपमा सुन्दरलाल बहुगुणा चर्चामा आउन थालेका थिए । त्यतिबेला सुन्दरलालको उमेर २२ वर्ष थियो ।

 

विवाह र विवाहको शर्त
सुन्दरलालको व्यक्तित्वका कारण उनले सहजै राजनीतिमा आफ्नो स्थान बनाउन सक्थे । तर १९५६ मा उनको जीवनमा एउटा परिवर्तन आयो । सामाजिक कार्यमा सक्रीय परिवारकी विमला नौटियालसँग उनको विवाह भयो । त्यो समयमा विमला नौटियाल महात्मा गान्धीको सहयोगी सरला बहुनसँग काम गर्थिन् । उनले विवाह पहिले एक शर्त राखेकी थिइन्, सुन्दरलालले विवाहपछि आफ्नो राजनीतिक क्षेत्र छाडेर सामाजिक क्षेत्रको काममा जुट्नुपर्नेछ ।

त्यसैले सुन्दरलाल बहुगुणाले विमलाले चाहेजस्तै गरे । दम्पती मिलेर हिरीको बिलंगना ब्लकमा पर्वतीय नवजीवन मण्डलमार्फत एक आश्रमको स्थापना गरे । यस्तो निर्णय गर्न कति आत्मबल चाहिन्छ भन्ने कुरा यो कार्यबाट पनि कल्पना गर्न सकिन्छ । सन् १९५६ मा बहुगुणाले टिहरी शहरमा ठक्कर बप्पा नामको होस्टेल पनि बनाए । जसमा युवा वर्गलाई अध्ययनको व्यवस्था मिलाइएको थियो । र आश्रमद्वारा महिलाको उत्थान, शिक्षा, दलित अधिकार, मदिरा निषेधलगायतका धेरै धेरै सर्वोदयी आन्दोलन सुन्दरलाल र विमला मिलेर गरिरहेका थिए ।

चंडी प्रसाद भट्ट

सामाजिक मुद्दाबारे बुझ्न यात्रा
१९६९ मा सुचेता कृपलानी उत्तर प्रदेशका मुख्यमन्त्री थिए । त्यतिबेला सरला बहनको नेतृत्वधारी मन्त्री मन्डलले मुख्यमन्त्रीसँग मिलेर उत्तराखण्डको धेरै जिल्लाहरुमा मदिरा निषेध लागू गरेको थियो । यो निषेध २० वर्षसम्म बहुगुणा दम्पतिका कारण उत्तराखण्डमा लागू भएको थियो । अहिले उक्त कुराको आलोचना हुनेगर्छ । तर कुनै सरकारले पनि बहुगुणा दम्पतीको नैतिक आचरणको अगाडि यो कानुनलाई फेर्ने हिम्मत गरेनन् ।

बहुगुणाले भूदान आन्दोलनलाई उत्तराखण्डको जिल्लामा प्रचार गरेका थिए । यद्यपी जमिन दान दिने चलनले तिव्रता पाएन तर यो आन्दोलनको कारण बहुगुणा उत्तराखण्डका धेरै गाउँ गए र आफ्नो विचार विस्तार गरे । गाउँको यात्रा गरेर उनले पहाडी समाजको मुद्दालाई राम्रोसँग पहिचान गरिसकेका थिए । त्यही मुद्दालाई प्राथमिकता दिने काम बहुगुणाले गरे ।

सुंदरलाल बहुगुणा

उत्तराखण्डको गाउँमा दलितलाई मन्दिर प्रवेशदेखि लिएर उनीहरुलाई शिक्षित हुने मौका दिने कामसम्ममा बहुगुणाले लडाइँ लडेका थिए । सुन्दरलाल बहुगुणाको सबैभन्दा ठुलो काम सामाजिक मुद्दाबारे जनतालाई जागरुक गर्ने र युवासँग संवाद गर्ने, विचार सुन्ने र सही विचारको तारिफ गर्दै त्यसलाई लागू गर्ने हो । सुन्दरलाल बहुगुणा ती व्यक्तिमध्ये पर्दैनथे, जसले गैरसरकारी संगठनको बहानामा ठग्दै हिँड्थे । तर उनी स्वतन्त्रताको पक्षमा लड्ने योद्धा थिए । इमान्दारीताको साथ सामाजिक परिवर्तन गर्नमा उनको रुची थियो । उनी अरू व्यक्तिलाई पनि त्यही गर्न जोड दिन्थे ।

चण्डीप्रसाद भट्टसँग मतभेद
चिपको आन्दोलनलाई लिएर सुन्दरलाल बहुगुणाको चण्डीप्रसाद भट्टसँग मनमुटाव भयो । तर यी दुवै प्रचलित सामाजिक कार्यकर्ता थिए । तयसैले मनमुटावको असर उनीहरुको काममा देखिँदैनथ्यो । यद्यपि आपतकालको समयमा सर्वोदयी आन्दोलनसँग जोडिएका व्यक्तिसमक्ष एक प्रकारको मतभेदको स्थिति उत्पन्न भएको थियो ।

केही मान्छे जेपीसँग जान चाहान्थे । जेपी इन्दिरा गान्धीविरुद्ध एक आन्दोलन चलाइरहेको थियो, जबकी केही अरुचाहिँ बिनोवा भावेसँग लाग्न चाहान्थे । भावेले भने आपतकाललाई समर्थन गरिसकेका थिए । यसको असर सुन्दरलाल बहुगुणा र चण्डीप्रसाद भट्टमा पनि परेको थियो तर दुवै जनाको उद्देश्य १९८० मा जब कांग्रेसको सरकार केन्द्रमा फर्कियो तब उसले चिपको आन्दोलनको सबै जसो मागलाई मानेका थिए भन्ने कुरामा कुनै शंका थिएन ।

अब अगाडि जानका लागि कुन बाटो अपनाउने भन्ने चुनौती थियो तर बहुगुणासँग योजनाको कुनै कमी थिएन । १९८२ मा बहुगुणाले काश्मिरदेखि कोहिमासम्मको यात्रा तय गरे । यो पुरै हिमालय क्षेत्रलाई आपसमा जोड्ने र उनीहरुको समस्याबारे बहस गर्ने एक तरिका थियो । तयसपछि हिरी ड्यामको विरोधमा लामो संघर्ष बहुगुणाले नै गरे । यो विरोधमा सरकारले कुनै ध्यान नै दिएको थिएन । तर आम समाजको जागरुकताको कारण यो आन्दोलनको गहिरो प्रभाव पर्‍यो ।

सुन्दरलाल बहुगुणामा एक सामाजिक कार्यकर्ता र संगठनकर्ता बाहेक अर्को एक विशेषता थियो । उनी आफ्नो छेउछाउको क्षेत्र र त्यसमा भएका परिवर्तनबारे लगातार लेख्थे । दैनिक हिन्दुस्तानका लागि उनी नियमित लेख लेख्थे ।

उनको लेखको कलेक्सनसमेत गरिएको छ । बहुगुणाले धेरै किताब लेखेका छन् ।

उनले बाचुन्जेल मानिसलाई जागरुक बनाउने काम गरे । उनको यो यात्रामा उनकी श्रीमती विमलाको खुब साथ र सहयोग मिलेको थियो । दम्पती मिलेर कुरितीविरुद्ध गरिने संघर्षलाई बलियो बनाएर राखेका थिए ।

(बिबिसी हिन्दीबाट अनुवाद गरिएको)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *