आइतबार पनि बढ्यो सुनको मूल्य
२०७८ जेठ १६ गते

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य बढेको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
२०७८ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








