पूर्वतयारी आवश्यक

बर्खा नलाग्दै बस्तीमा पस्यो बाढी [भिडियोसहित]

काठमाडौँ । हिमालपारीकाे जिल्ला मनाङमा बर्खा नलाग्दै बाढी आयो । बुधबार रातिदेखिको वर्षाले स्थानीय खहरे खोलामा आएको बाढीले सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा पारेको छ ।

शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ भने सडक क्षतविक्षत बनाएको छ । सदरमुकाममा एक्कासी बाढी पसेपछि स्थानीय त्रसित बनेका थिए ।

यहिबीच गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम कम गर्न अहिले नै पूर्वतयारी गर्न आग्रह गरेको छ । चामेमा पसेको बाढीको भिडियो राख्दै प्राधिकरणले भनेको छ, ‘अहिले नै पूर्वतयारी थाले तपाईको टोलबस्तीमा यस किसिमका बाढीको जोखिम कम गर्न सकिन्छ ।’

हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *