पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बिमा, निःशुल्क उपचार

काठमाडौं । सरकारले पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरेको छ । शनिवार आव २०७८७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस पत्रकारहरुको ७ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको घोषणा गरे । मन्त्री पौडेलकाअनुसार यसका लागि ५० प्रतिशत प्रिमियम रकम सरकारले व्यहोर्नेछ ।

यस्तै मन्त्री पौडेलले श्रमजीवी पत्रकारहरुका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए । मन्त्री पौडेलले पत्रकार महासंघका सदस्यहरुलाई प्रेस काउन्सिलले जारी गरेको उपचार कार्डको आधारमा सरकारी अस्पतालहरुमा निःशुल्क रुपमा उपचारको व्यवस्था सरकारले मिलाएको जानकारी दिए ।

जागिर खोसिएका पत्रकारहरुका लागि सरकारले लेखनवृत्तिसमेत उपलब्ध गराउने भएको छ । यस्तै, सरकारले सञ्चारग्राममा प्रेस संग्राहलय समेत निर्माण गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोड विनियोजन गरिएको मन्त्री पौडेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *