कोरोनाका कारण गायिका लासिमित राईको निधन

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण गायिका लासिमित राईको निधन भएको छ । गायक अशोक मुकारुङले फेसबुकमार्फत् गायिका राईको निधन भएको जानकारी गराएका हुन् ।

गायक मुकारुङले गायिका राईको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘एउटा विशाल आवाजको अन्त्य! बहुचर्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्रद्धाञ्जली, हजुरको बैकुण्ठमा बास होस् ।’

गायिका राईको नआऊ सपना भरी, तिमीले दिएका वेदना, टुटेका मन, सधैँ भरी, कहिले हराउँदै, म मैनासरि, सुन कोसीको साङ्लो पानी, झारेको आँसु, तिम्रो मायालगायतका गीतहरू चर्चित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *