राष्ट्रपतिद्वारा बजेट अध्यादेश स्वीकृत, बजेट भाषण गर्ने तयारीमा अर्थमन्त्री
२०७८ जेठ १५ गते

फाइल तस्विर
काठमाडौं । मन्त्रिपरिषद् बैठकले स्वीकृतिका लागि सिफारिस गरेको २०७८/७९ काे लागि ल्याइएकाे बजेट अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् ।
शनिबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले बजेट अध्यादेश स्वीकृत गरी स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले स्वीकृत गरिसकेकोले अब उक्त बजेट भाषणमार्फत प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको कार्यालयमा बसेर अपरान्ह ४ बजे बजेट भाषण गर्ने कार्यक्रम यसअघि नै तय भइसकेको छ ।
२०७८ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








