कोरोना कारण अस्ताए गायक जनम

काठमाडौँ । गायक तथा सङ्गीतकार जनम थुलुङको निधन भएको छ । थुलुङको कोरोना सङ्क्रमणबाट बिहीबार राति निधन भएको हो । मरे कटुन्जे, सन्जोगले भेट हुँदालगायत गीतका गायक थुलुङको  उपचारको क्रममा निधन भएको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि कुपण्डोलस्थित सर्वाङ्ग स्वास्थ्य सदनमा उपचाररत थुलुङको निधनले नेपाली साङ्गीतिक क्षेत्रले एक युवा प्रतिभालाई गुमाएको छ ।

जनमलाई एक हप्ताअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनलाई आइसीयूमा राखेर उपचार गरिएको थियो । खोटाङको महेश्वरी, ऐंशेलुखर्कका ३३ वर्षीय जनम विगत एक दशकदेखि निरन्तर संगीत सिर्जना, अध्ययन तथा अनुसन्धानमा क्रियाशील थिए ।

सङ्गीतमा स्नातक गरेका जनमले दुई दर्जनभन्दा बढी गीतहरूमा स्वर तथा दर्जनौँ गीतमा संगीत दिएका छन् । जनमका दृश्य, आलास्यो र मामपाप शीर्षकका गीत एल्वम् पनि सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *