सर्वोच्च शिखरमा मानवले पाइला टेकेको ६८ वर्ष

काठमाडौँ । आज मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । ६८ वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ ।

नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तरर्रािष्ट्रय रुपमै यो दिवस मनाउन निर्णय गरेको हो । सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

सगरमाथामा मानव पाइला पुगेको उक्त घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाललाई सगरमाथाको देश भनेर संसारभर चिनायो । मानिसले सगरमाथा र नेपालको परिचयलाई जोडेर हेर्नसमेत थाले ।

पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई अझ् विशेष रुपमा मनाउने गर्छन् । कोभिड-१९ महामारीकाबीच पनि यसवर्ष सगरमाथासहितका हिमाल आरोहण भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *