फिनल्याण्डद्वारा नेपाललाई २९ लाख थान मास्क, पञ्जा र फेसशिल्ड सहयोग
२०७८ जेठ १४ गते

काठमाडौं । फिनल्याण्ड सरकारले नेपाललाई मास्क, पञ्जा र फेस शिल्ड सहयोग उपलब्ध गराएको छ ।
फिनिस सरकारले ३ लाख ५० हजार थान एफएफपी २ मास्क, एक लाख थान केएन ९५ मास्क, २४ लाख ९८ हजार फेस मास्क गरी कुल २९ लाख ४८ हजार मास्क सहयोग उपलब्ध गराएको छ । त्यस्तै, २ लाख ३२ हजार ५ सय थान पञ्जा, ३ लाख ५० हजार फेस शिल्ड, ३० हजार थान गाउन्स उपलब्ध गराएको छ ।
चाटर्ड उडानबाट उक्त सहयोग नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार त्रिभुवन विमान स्थलमा एक कार्यक्रमका बीच नेपालका लागि फिनिश राजदूत पेर्टी एन्टिनेनले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
२०७८ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








