कोरोना महामारी

संक्रमितभन्दा निको हुने धेरै‚ बिहीबार ७२२६ जना संक्रमणमुक्त

काठमाडौं । बिहीबार कोरोना संक्रमण हुनेको भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै भएको छ । पछिल्लो समयमा कोरोना भाइरसको दोस्रो भ्यारियन्ट आएसँगै संक्रमण हुनेको संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्यामा कमी आएको थियो ।

सरकारले निषेधाज्ञा जारी गर्दा पनि संक्रमण हुनेको संख्यामा खास्सै फरक भने देखिएको थिएन । तर बिहीबार भने संक्रमणमुक्त हुनेको संख्या ७ हजार २२६ पुगेको छ भने ६९३९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४ लाख १८ हजार ८२९ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । कोरोनाको दोस्रो लहरमा मानिसलाई श्वासप्रश्वाससँग सम्बन्धित समस्या  देखिन थालेपछि अक्सिजन, भेन्टीलेटर, शय्याको अभाव हुन थालेपछि मृत्युदर पनि बढ्ने क्रममा थियो भने यो दर पनि बिस्तारै घटिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =