प्रभु क्यापिटलद्वारा स्वास्थ्य सामग्री वितरण

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य साम्रगीहरू वितरण गरेको छ ।

कोभिड–१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो ।

क्यापिटल लिमिटेडलले पूनः प्रयोग गर्न मिल्ने मास्क १५० थान, सावुन १५० थान, स्यानीटाइजर १०० मिलिलिटर १५० थान,पुन प्रयोग गर्न मिल्ने स्यानीटाइजर प्याड १५० थान, आकस्मिक खाघ साम्रागि १५० थान , प्यारासिटामोल १५० थान सहयोग गरेको जनाएको छ ।

समविकास नेपालले यी स्वास्थ्य सामाग्रीहरू अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड–१९ का बिरामीहरुलाई वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *