नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २५ लाखको बिमा दाबी भुक्तानी

काठमाडौैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लहान शाखाबाट २५ रुपैयाँ लाखको घातक रोग दाबी भुक्तानी गरेको छ ।

दाबी भुक्तानी सिरहा नगरपालिका-१ लहानका शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाललाई घातक रोग दावी रकम २५ रुपैयाँ लाख बिमाङ्ग रकम वापत भुक्तानी गरीएको जनाएको छ ।

शकुन्तलाकुमारी पोद्दारले २५ रुपैयाँ लाखको जीवन अमृत योजना खरिद गरेकी थिइन् । दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको सपरिवारको उपस्थिति रहेको जनाइएको छ ।

बिमा दावी भुक्तानी लीदै गर्दा बिमितको भतिजा गोविन्द अग्रवालले घातक रोग दाबी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *