किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयप्रति चेम्बरको ध्यानाकर्षण

काठमाडौं । सरकारले जेठ १४ देखि २० गतेसम्म थप गरिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय प्रति नेपाल चेम्बर अफ कमर्सको ध्यानाकर्षण भएको जनाएको छ।

चेम्बरले बिहीबार विज्ञप्ति जारी गर्दै, किराना पसलहरु बन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्ताहरुलाई यस व्यवस्थाले मर्का पर्ने तथा किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल वन्द गरिदा अति आवश्यक उपभोग्य वस्तुहरू सर्वसाधारणलाई सुलभ आपूर्ति नहुने भएकोले तोकिएको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष नेपाल चेम्वर अफ कमसर्ले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =