निषेधाज्ञामा ऋणको किस्ता भुक्तानी ढिलो भए जरिवाना नलिन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि बैंक तथा वित्तीय संस्थालाई विभिन्न १० बुँदे निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकको ताजा निर्देशन अनुसार अक्सिजन प्लान्ट निर्माण वा स्थापना कार्यका लागि प्रदान गरिने ऋणको ब्याज आधार दर बराबर मात्र लिन पाइने छ । त्यस्तै, विद्युत् परियोजनाको व्यावसायिक सञ्चालन मिति पर सरेमा आफैंले गर्न सकिने निर्देशनमा उल्लेख छ ।
मानव सेवा आश्रम र राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको रकम संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तर्गत गणना गर्नुपर्ने, कोभिडका कारणले भएको लकडाउन अवधि र लकडाउन सकिएको ७ दिनसम्म ऋणीसँग जरिवाना तथा थप रकम असुल्न नपाउने निर्देशन दिएको छ ।

वाणिज्य बैंकहरु आपसमा मर्जर वा प्राप्तिमा जाँदा दिइने छुटको लागि मर्जर/प्राप्तिको समयसीमा २०७८ असारबाट २०७९ असारसम्म सार्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले १ वर्षभन्दा कम अवधिका लागि सेयर बजारमार्फत सेयर खरिद बक्रीमा रोक लगाएको छ । लघुवित्तको साधारण सेयर खरिद गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई रोक लगाएको छ । लघुवित्त कम्पनीको सेयर खरिद गरेका बैंक तथा वित्तीय संस्थाले पनि २०७८ पुसभित्रै त्यस्तो सेयर बिक्री गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

सेयर धितोमा कर्जा दिन १२० दिनको मात्रै औषत विवरण लिनुपर्ने व्यवस्था भएकोमा अब १८० दिनको औषत विवरण लिनुपर्ने व्यवस्था गरेको छ । निशेधाज्ञा सकिएको १ महिनासम्म ऋण असुली प्रक्रियामा रोक लगाइएको छ ।

निषेधाज्ञा अवधिमै ग्राहकले व्याज र किस्ता भुक्तानी गरेमा बैंक तथा वित्तीय संस्थाले छुट दिन सक्ने व्यवस्था गरेको छ ।

डिजिटल माध्यमबाटै केवाईसी अपडेट गरेर निष्क्रिय खाताहरुलाई सञ्चालनको व्यवस्था गर्ने जनाएको छ । निक्षेप तथा कर्जाको व्याज परिवर्तन गर्दा ग्राहकलाई इमेल वा एसएमएस मार्फत तत्काल जानकारी गराउनु पर्ने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *