अर्घाखाँची सिमेन्टद्वारा सियारी गाउँपालिकालाई स्वास्थ्य चौकी हस्तान्तरण

काठमाडौं । देशकै सबैभन्दा ठुलो र उत्कृष्टमध्येको एक अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले सियारी गाँउपालिका-२ मैनहियामा निर्मित मैनहिया स्वास्थ्य चौकी भवनको उद्घाटन गरेको छ ।

उक्त भवन लुम्बिनीप्रदेशका स्वास्थ्यतथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडका निर्देशक राजेश कुमार अग्रवालरूले उद्घाटन गरेका हुन् ।

अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामग्रीसहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । उक्त भवन निर्माण गर्न ७० लाख रुपैयाँ लागेको जनाइएको छ ।

अर्घाखाँची सिमेन्ट प्रालिका निर्देशक राजेशकुमार अग्रवालले भने, ‘मैनहिया गाउँपालिकाका समुदायलाई पहिले स्वास्थ्यचौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको थियो तर अहिले मैनहिया गाउँपालिकाका जनसमुदायको हितमा निर्माण गरिएको सबैको लागि सजिलै पहुँचमा निर्मित रहेको यस मैनहिया स्वास्थ्यचौकी भवनले अत्यन्तै सहज बनाउँछ भन्ने हामीले आशा राखेको छौँ । हामीले यो भवन जनहित र सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरेका हौँ ।’

अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक उत्तरदायित्व कार्यहरू गर्दै आइरहेको छ । कम्पनीले मैनहिया गाँउपालिका विद्यालयलाई पठनपाठनका लागि सामग्री वितरणका साथै विगतमा पनि स्थानीय निकायलाई शिक्षा, सरसफाई, खाना र सडक निर्माणमा सहयोग पुर्‍याउँदै आइरहेको छ ।

गतवर्ष यस कम्पनीले लुम्बिनीप्रान्तीय सरकारले बनाएको कोरोना भाइरस रोकथाम र उपचार कोषका लागि ५.१ मिलियन रुपैयाँ विनियोजन गरेको थियो । यसका साथै सियारी गाँउपालिकालाई २ लाख रुपैयाँ नगद र पाल्पा जिल्लाको तिनाउँ र माछागढी ग्रामीण नगरपालिका जहा कम्पनीको चूना ढुङ्गाखानी अवस्थित छ त्यसमा २० लाख रुपैयााको राहत सामग्री वितरण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =