सञ्जयले सम्झिए आफ्ना बुबा

एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्तले आफ्ना बुबा स्वर्गीय सुनिल दत्तलाई सम्झिएका छन् । फिल्मकर्मी सुनिलको भौतिक शरीर यो संसारमा नरहे पनि उनका प्रशंसक आज पनि उनलाई सम्झना गर्ने गर्छन् । दत्तको २००५ मे २५ मा निधन भएको थियो ।

बुबाको पुण्य तिथि पारेर सञ्जयले बुबासँगको एक तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै भावुक पोस्ट गरेका छन् । उनले लेखेका छन्‚ ‘आमा-बुबा, एक आदर्श, एक साथी, एक गुरु, तपाई मेरो सब थोक हुनुहुन्थ्यो । लभ यु बुबा, मिस यु ।’

सञ्जय अहिले जुन उचाइमा छन्‚ त्यसमा उनको आमा-बुबाको योगदान महत्त्वपूर्ण रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *