किराना पसलसमेत खाेल्न नपाइनेगरी जेठ २० सम्म निषेधाज्ञा थप

काठमाडौं । काठमाडौं उपत्यकामा २० जेठसम्म निषेधाज्ञा थपिएको छ ।

आज (मंगलबार) बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप कडाइका साथ निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । कोरोना संक्रमणदर नघटेकाले निषेधाज्ञा थप कडा पार्ने निर्णय गरिएको हो ।

प्रजिअ भट्टराईका अनुसार औषधि, दूध, तरकारी र खाद्यान्नबाहेकका कुनै पनि पसल खोल्न पाइने छैन । यसअघि किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिइएको थियो । अब ती पसल खोल्न नपाइने निर्णय गरिएको उनले बताए । यस्ते अब निर्माण कार्य पूर्ण रूपमा बन्द गरिने पनि उनले जानकारी दिए ।

कोभिड नियन्त्रणका लागि १६ वैशाखमा शुरू भएको निषेधाज्ञा पटकपटक थप गरिँदै आएको छ । पछिल्लोपटक थप भएको निषेधाज्ञा १३ जेठसम्म रहेकोमा २० जेठसम्म थप्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *