नेप्से ६ अंकले घट्दा ११ अर्ब बढीको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार ६.५० अंकले घटेको छ ।

मगंलबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०।२३ प्रतिशतले घटेर ५०३.९९ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ४.५१ अकंले घटेर २८१६.४८ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा,जलविद्युत्, अन्यका सूचक बढेको छ भने
होटेल्स तथा पर्यटन, व्यापार, विकास बैंकको बैंकिङका, उत्पादन तथा प्रशोधन, इन्भेस्टमेन्ट वित्त समूहको सबै परिसूचक घटेका छन् ।

मगंलबार २ सय १९ कम्पनीको २ करोड ३४ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वरुण हाइड्रोपावर कम्पनी बजारमा सर्वाधिक कमाइ गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा माउन्टेन हाइड्रो नेपाल कम्पनी रहेको छ ।

वरुण हाइड्रोपावर कम्पनी र माउन्टेन हाइड्रो नेपाल कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *