बागमती प्रदेश मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट राख्न टेन्डर

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न मंगलबार टेन्डर आह्वान गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत् एक हप्ताको समय राखेर टेन्डर आह्वान गरेको हो ।

प्रदेश मातहतमा रहेका काठमाडौंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट, रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न एक हप्ताको समय राखेर टेन्डर गरिएको मन्त्रालयले जनाएको छ । सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले एक महिनाभित्र ती अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना गर्नेगरी छोटो प्रक्रियाबाट खरिद प्रक्रिया सुरु गरेको जानकारी पनि दिए ।

प्रदेश मातहतका १३ मध्ये ६ वटा अस्पतालमा यसअघि नै अक्सिजन प्लान्ट छ‚ भने बाँकी अस्पतालमा स्थापना गरेर प्रदेश मातहतका सबै अस्पतालहरुलाई सुविधायुक्त बनाउन अक्सिजन प्लान्ट राख्न लागिएको उनले बताए ।

यसअघि अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा पनि प्लान्ट स्थापना गर्ने निर्णय गरिएको हो । सामाजिक विकास मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा एकएक वटा पीसीआर मेसिन राख्ने निर्णय गरिसकेको छ ।

कोभिडको दोस्रो लहर बढेसङ्गै बागमती प्रदेश सरकारले एक जिल्लामा एक पीसीआर मेसिन राख्ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाइसकेको पनि मन्त्री बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *