‘तेन्जिङ’ को खोजी
२०७८ जेठ ११ गते

काठमाडौँ । अस्ट्रेलियन निर्देशक जेनिफर पिडिमले बनाउने शेर्पाहरूको जीवनमा आधारित अन्तर्राष्ट्रिय फिचर फिल्म ‘तेन्जिङ’मा तेन्जिङ नोर्गेको भूमिका निभाउने पात्रको खोजी सुरु भएको छ ।
नेपाल र न्युजिल्यान्ड छायांकन हुने यो चलचित्रका लागि तिब्बती, शेर्पा वा नेपाली समुदायबाट प्रथम सगरमाथा आरोही तेन्जिङको चरित्र निर्वाह गर्न योग्य कलाकारको खोजी भएको हो । खोजिएको कलाकारमा अनुभव आवश्यक नभएको टिमले बताएको छ । तन्दुरुस्त शरीर भएको पच्चीसदेखि चालीस वर्षभित्रको हिमाली (नेपाली, शेर्पा वा तिब्बती) अनुहार खोजी भइरहेको छ ।
इच्छुक कलाकारले याे लिङ्क https://www.dannylongcasting.com.au/casting-calls?fbclid=IwAR2dettt8xeLty-ks3Xw4JBQ2oq2jxcHe-wwDxai-TfP2I9eoaZZWga3UMs मा गएर आगामी दुई हप्तासम्म आवेदन दिन सक्ने छन् ।
२०७८ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित








