महालक्ष्मी बैंकको आकर्षक ब्याजदरको वैभव बचत खाता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ ।

कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको शाखामा अनलाइन मार्फत् ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्ने जनाएको छ ।

उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभब बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयरजस्ता आवश्यक सुविधाहरुमा प्रथम वर्षका लागि शत प्रतिशत छुट प्रदान गरिएको जनाएको छ । त्यस्तै उक्त खातामा लकर सुविधामा ५०% छुट दिनुका साथै कनेक्ट आइपिएसको सुविधा पनि रहेको बताएको छ ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस,क्यूआर कोडलगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *