खोप खरिदकाे स्वीकृति दिन सरकारसँग रामपुर नगरपालिकाको आग्रह

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले कोभिड-१९ विरुद्धको खोप खरिदका लागि स्वीकृति दिन सरकारसँग आग्रह गरेका छन् ।

आइतबार नगरपालिकाका मेयर थापा र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीसँग भेटी आफ्ना नगरबासीहरूलाई लगाउने खोप खरिद गर्नका लागि नगरपालिकालाई नै स्वीकृति दिन आग्रह गरेका हुन् ।

भेटमा स्वास्थ्यमन्त्री त्रिपाठीले तोकेको मापदण्डबमोजिमको खोप खरिद गरी ल्याउने भएमा मन्त्रालयले सम्पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् ।

‘प्रचलित ऐन/नियमावली र मापदण्डको परिधिभित्र रही र यसअघि नेपाल सरकारले खरिद गरेको मूख्य र तोकिएको मापदण्ड बमोजिम कोभिड-१९ विरुद्धको ५० हजार खोप खरिद गर्ने कायका लागि नगरपालिकालाई नुमति प्रदान गरिदिनुहुन अनुरोध छ ।’ स्वास्थ्यमन्त्री त्रिपाठीलाई बुझाएको पत्रमा भनिएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =